हरिवनको भाइरल चट्याङ फोटोबारे फ्याक्ट चेक : टावर वास्तविक, चट्याङ भने AI बाट थपिएको पुष्टि

सर्लाही । सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको चट्याङ परेको तस्वीरबारे नयाँ तथ्य बाहिर आएको छ । उक्त तस्वीर सर्लाहीको हरिवनस्थित सामुदायिक रेडियो सर्लाही को टावर रहेको स्थानको वास्तविक फोटो भए पनि त्यसमा देखाइएको चट्याङको दृश्य भने कृत्रिम रूपमा थपिएको पाइएको छ ।

फ्याक्ट चेक विश्लेषणअनुसार तस्वीरको मूल संरचना, भवन, सडक, वातावरण तथा टावर वास्तविक स्थानकै फोटो हो । तर टावरमाथि परेको देखाइएको चट्याङको भाग भने AI प्रविधि प्रयोग गरेर जेनेरेट वा एडिट गरिएको पुष्टि भएको छ ।

तस्वीरमा भवन, सवारीसाधन, सडक र मौसमको दृश्य स्वाभाविक देखिए पनि चट्याङको रेखा अस्वाभाविक रूपमा अत्यधिक स्पष्ट, तीक्ष्ण तथा केन्द्रित देखिएकाले शंका उत्पन्न भएको थियो । त्यसपछि गरिएको परीक्षणमा चट्याङको भाग कृत्रिम रूपमा राखिएको निष्कर्ष निकालिएको हो ।

यससँगै सामाजिक सञ्जालमा फैलिएको “हरिवनको रेडियो टावरमा चट्याङ परेको वास्तविक क्षण” भन्ने दाबी भ्रामक सावित भएको छ ।

विशेषज्ञहरूका अनुसार अहिले AI प्रविधिबाट वास्तविक फोटोमा नयाँ वस्तु थप्ने, मौसमीय दृश्य बनाउने वा घटनाजस्तो देखाउने काम सजिलै सम्भव भएकाले यस्ता सामग्री शेयर गर्नुअघि सत्यता जाँच्नु आवश्यक छ ।

सामाजिक सञ्जालमा भाइरल हुने हरेक तस्वीर वास्तविक नहुन सक्ने भएकाले स्रोत र प्रमाण पुष्टि गरेर मात्रै विश्वास गर्नुपर्ने देखिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय