उच्च अदालत जनकपुरको आदेश : ढल्केवरका डान्सबार तत्काल बन्द नहुने

धनुषा । उच्च अदालत जनकपुरले मिथिला नगरपालिकास्थित ढल्केवरका डान्सबारहरु तत्काल बन्द नगर्न आदेश दिएको छ। न्यायाधिश जशदीश घिमिरेको एकल इजलाशले मंगलबार यथास्थितिमा राख्ने निर्णय सुनाएको हो।

नगरपालिकाले गत २९ गते डान्सबार बन्द गर्न सात दिने अल्टिमेटम जारी गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीका अनुसार डान्सबारले समाजमा उच्छृंखलता बढाएको र आपराधिक गतिविधि प्रोत्साहन गरेको भन्दै चेतावनी दिइएको थियो।

तर माया रेष्ट्रो बार प्रा.लि.का संचालक अजय महतोले सबै सरकारी अनुमति लिएर व्यवसाय सञ्चालन गरेको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। बारको पक्षबाट अधिवक्ता प्रदिप कुमार मिश्रले बहस गरेका थिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय