सर्लाहीमा माझी समुदायले लदी पूजा पर्व मनाए

सर्लाही, १९ फागुन – सर्लाहीका माझी समुदायले आज लदी (कोशी) पूजा पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाभरका माझी समुदायका सदस्यहरू लालबन्दी नगरपालिका – ७ स्थित कृषि विकास बैङ्कको चौरमा भेला भएर पर्वको उत्सवमा सहभागी भएका थिए ।

नेपाल माझी उत्थान सङ्घ सर्लाहीका उपाध्यक्ष राजकुमार कुस्वारको सञ्चालनमा भएको यस समारोहमा लदी पूजा पर्वको मुख्य कार्यक्रमको अध्यक्षता नेपाल माझी उत्थान सङ्घका अध्यक्ष ललितबहादुर माझी (सुसन) ले गरेका थिए । प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली थिए ।

समारोहमा, माझी समुदायका ऐतिहासिक योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । स्वर्गीय काजिराम कुस्वार, सीताराम माझी, सन्तवीर माझी लगायतका समुदायका अगुवाहरूको परिवारलाई सम्मान – पत्र प्रदान गरेका हुन् ।

यसका साथै, र्याली र सांस्कृतिक कार्यक्रमको माध्यमबाट माझी समुदायका परम्परा र संस्कृतिको प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न नेता, जनप्रतिनिधि र माझी समुदायका सदस्यहरूको उपस्थिती रहेको थियो ।

लदी पूजा पर्वको मुख्य कार्यक्रम भोली नदी किनारमा सम्पन्न हुने बताईएको छ ।

सर्लाही जिल्लाका विभिन्न नगरपालिकाहरू जस्तै लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती र बरहथवा नगरपालिकामा माझी समुदायका सदस्यहरूको बसोबास रहेको छ । २०७८ को जनगणना अनुसार सर्लाहीमा ९,३७३ जना माझी समुदायका सदस्य रहेका छन् ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय