हैटीमा शक्तिशाली भूकम्प :३ सयबढी मानिसको मृत्यु,१८ सय बढी घाइते

सर्लाही, साउन ३२ गते ।

हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार  यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् ।

प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ ।

यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय