चुनौतीपूर्ण अवस्थामासमेत प्रभावकारी नेतृत्व देखाएका निरीक्षक बुढाथोकी ‘उत्कृष्ट प्रहरी’ सम्मानित

सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी भदौ २०८२ का लागि ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

मानव संसाधन व्यवस्थापन शाखामा कार्यरत बुढाथोकीले पछिल्लो समय जिल्लामा देखिएका चुनौतीपूर्ण अवस्थामाथि उल्लेखनीय नेतृत्व प्रस्तुत गर्दै जनमैत्री कामको उदाहरण देखाएका छन् ।

विशेषगरी जेन–जी युवाहरूलाई समेटेर शान्ति, सुरक्षा र सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका बुढाथोकीको नेतृत्वमा झगडा नियन्त्रणदेखि कृष्णाष्टमी, जात्रा, चौठी र मोहम्मद डेमा भीड व्यवस्थापनसम्म प्रहरी सफल भएको जिल्ला प्रहरीले जनाएको छ ।

उनले आन्तरिक प्रशासनिक कामकाज, अपराध नियन्त्रण, कर्मचारी व्यवस्थापन, शान्ति सुरक्षा निगरानी तथा आपराधिक गतिविधि नियन्त्रणमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

जिल्ला प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले निरीक्षक बुढाथोकीको कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्दै भने, “उनको योगदानले जिल्लामा शान्ति सुरक्षाको वातावरण मजबुत बनेको छ ।”

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय