अरोज यादव | सर्लाही,चैत १० | एन एम बि बैंकको हरिवन शाखाले वितिय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ।
सर्लाहीको हरिवन नगरपालिका स्थित रहेको यस बैंकको शाखाले बिहिवार चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा कार्यक्रम सम्पन्न गरेको हो।
बैक तथा वितिय संस्थाकाे सेवा सुविधाबाट बन्चित रहेका बिद्यार्थी तथा शिक्षक हरुलाइ लक्षित गरि वितिय साक्षरता तथा डिजिटल सेवा सम्बन्धि जानकारी प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएकाे हरिवन शाखा प्रबन्धक सुमन कुमार सिंहले जनाएको छ।
यस कार्यक्रम मार्फत चतुर्भुजेश्वर क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई बैंक सम्बन्धि,बचत सम्बन्धि ,आइपिओ र डिमेट एकाउन्ट सम्बन्धि जानकारी गराइयो साथै NMB You- Wah ! DiGi Saving, Investor Saving Account, NMB उमंग बचत खाता, NMB तलब खाता तथा online Account opening ( VKYC ) जस्ता आकर्षक प्रोडक्ट बारे जान्कारी गराएको शाखा प्रबन्धक सिंहले बताए ।
कार्यक्रममा एन एम बि बैंक, हरिवन शाखाको तर्फ बाट शाखा प्रमुख सुमन कुमार सिंह , ओपरेसन इन्चार्ज बबिन्द्र कुमार साह, डाइरेक्ट सेल्स एसोसिएट अरबिन्द कुमार चौधरी र चतुर्भुजेश्वर क्याम्पसका उपप्रमुख मुकेश कुमार यादव लगायत क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो।



