त्रिभुवन विमानस्थल हुँदै गाँजा तस्करी: दुई थाई युवती र एक भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजा तस्करी गर्ने प्रयासमा रहेका दुई थाई महिलासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (एनसीबी)को टोलीले कूल ५ किलो २०० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

थाइल्यान्डको बैंककबाट आएको थाई एयरलाइन्सको उडान TG 319 मार्फत मंगलबार दिउँसो काठमाडौं अवतरण गरेकी २७ वर्षीया थाई नागरिक क्यानोक्वान पोङसुवानको साथबाट गाँजा बरामद भएको हो। विमानस्थलको रेड च्यानल क्षेत्र नजिक एक्स-रे जाँचको क्रममा उनलाई शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा प्रतिबन्धित पदार्थ फेला परेको हो।

जाँचको क्रममा पोङसुवान मात्र नभई २४ वर्षीया अर्की थाई महिला चोन्लाडा निन्चट्टुरट र ३१ वर्षीय भारतीय नागरिक जमशेद मलिक कुप्पाटिल पनि सोही तस्करी सञ्जालमा संलग्न रहेको खुलेपछि प्रहरीले उनीहरूलाई समेत पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथ्य अनुसार, यो समूहले थाइल्यान्डबाट नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरी गाँजा भारतका विभिन्न शहरहरूमा पुर्‍याउने योजना बनाएको थियो। थप अनुसन्धानमा उनीहरू खाडी मुलुकहरूमा पनि यस किसिमको लागु औषध कारोबारमा संलग्न रहेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ।

नेपालमा पछिल्लो समय अमेरिका र युरोपबाट समेत गाँजा तस्करी हुने गरेको पाइएको छ, जसको अन्तिम गन्तव्य प्रायः भारत हुने गरेको देखिन्छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय