बरहथवामा शिक्षिकाको कुटपिटबाट विद्यार्थी बेहोस, अस्पताल भर्ना

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय आनन्दनगर टाडीमा चौथो कक्षामा अध्ययनरत ८ जना विद्यार्थीहरूलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ । विद्यालयकी शिक्षिका गिता सिंहले कक्षाकोठामै थुनेर विद्यार्थीहरूलाई कुटपिट गरेको अभिभावकहरूको आरोप छ ।

कुटपिटका कारण केही विद्यार्थी बेहोसजस्तै हुन थालेपछि अभिभावकलाई खबर गरियो । अवस्था गम्भीर देखिएपछि एम्बुलेन्स बोलाएर विद्यार्थीहरूलाई अस्पताल पुर्याइएको स्थानीयले बताएका छन् । ती विद्यार्थीहरू अहिले उपचारमा रहेका छन् र स्वास्थ्यकर्मीहरूको निगरानीमा छन् ।

आरोपित शिक्षिका गिता सिंह सोहि विद्यालयका प्रधानाध्यापक रामेश्वर महतोकी साली भएको खुलेको छ । उनलाई विद्यालयले बाल विकास कोटाबाट करार पदमा नियुक्त गरेको बताइएको छ ।

घटनापछि अभिभावक र स्थानीयवासीले विद्यालय प्रशासनको गम्भीर लापरबाही भन्दै छानबिन तथा कडा कारबाहीको माग गर्दै आक्रोश प्रकट गरेका छन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर