पहिचाननै नखुलेको ब्यक्तिलाई निधन भएको सिफारिस

साउन ३० , रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ ले पहिचाननै नखुलेको ब्यक्तिलाई निधन भएको सिफारिस गरेको छ ।

भुमी सुधार तथा मालपोत कार्यालय गौरले सनातखतको लागि पत्र पठाएपछि चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले चन्द्रपुर नगरपालिका–४ निबासी बखत बहादुरको पहिचान नगरिकनै निधन भएको सिफारिस गरेको हो ।यस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले वडा कार्यालयमा पेश गरेको स्रेस्ता नहेरीकनै बखत बहादुरको ०३२ साल अगाबै अकाल मृत्यु भएको र नीजको पत्नी, छोरा, छोरी, दाजु भाई समेत कोही नभएको सिफारिस गरेको खुलेको छ ।

 

निधन भएको सिफारिस गरेपनि बखत बहादुरको बिषयमा वडा कार्यालय अनभिज्ञ रहेको छ । भुमि सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा बखत बहादुर चौहान रहदा रहदै चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ संग बखत बहादुरको अबस्थाको बारेमा सिफारिस गर्न पत्राचार भएपछि वडाअध्यक्ष अमर आलेले नाम मात्र लाई आधार मानेर सिधै निधन भएको सिफारिस गरेपछि बखत बहादुर चौहानको नाती कैलाश चौहान आक्रोशित भएका छन । उहाले बखत बहादुर चौहान रहेको दाबी गरेपछि सिफारिसकर्ता वडा अध्यक्ष अमर आले यतिखेर अपठ्यारोमा परेका छन ।

 

भुमी सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा बखत बहादुर चौहान क्षेत्री रहेको र उहाले सोको तथ्य सहित बुझेर सिफारिस गर्नु पर्नेमा हचुवाको भरमा पहिचान नखुलाईकनै निधन भएको सिफारिस गरेर हाम्रो बंश नाश गरिरिएको भन्दै नाती कैलाश चौहान आक्रोशित भएका छन । बखत बहादुर चौहानले जिल्ला प्रशासन कार्यालय रौतहट बाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र लिएको अभिलेखमा उल्लेख रहेको छ ।

 

तर तीनै बखत बहादुर चौहान क्षेत्रीकोे ०६४ साल चैत्र ४ गते निधन भएपनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गर्नु दुखद रहेको नाती कौशल चौहानले बताउनु भयो । वडाअध्यक्ष अमर आलेले भने सिफारिस लिन आउदा आफुले स्रेस्ता नहेरेको तर लालपुर्जामा बखत बहादुर मात्रै रहेकोले सोही आधारमा निधन भएको सिफारिस आफुले गरेको बताउनु भयो ।

 

भुमी सुधार तथा मालपोत कार्यालय गौरले बखत बहादुर चौहान मोही रहेको जमिनको मोही कट्टाको मुध्दा फैसला गर्न किर्ते कागजतयार गर्दा चन्द्रपुर नगरपालिकाको वडानम्रब ४ समेत सहयोगी बनेको हो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय