राम नारायण साह
सर्लाही, असार११
सर्लाहीको उत्तरी चुरेभेगको दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका-१४, नारायणखोलामा सुक्रवार बिहान एक बेवारिसे पुरुष शव फेला परेको छ। नारायणखोलास्थित माइस्थान स्कुलदेखि अली अगाडि डाईनीतर्फ जाने खोलाको बगर छेउमै नाम, ठेगाना खुल्न नसकेको पुरुषको शव फेला परेको नारायणखोलाका वडाध्यक्ष सुबाई सिंह ब्लोनले जानकारी गराए ।
अन्दाजी ७० वर्ष उत पुरुष करिव एक महिनादेखि दिनभर मागेर खाने र रात परेपछि खोलाको किनारमा बस्दै आएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ



