मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगियो

 

 

राजिव साह सर्लाही, असार ११ । सर्लाहीको ईश्वरपुरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । शुक्रबार बिहान साँढे ८ बजेतिर ईश्वरपुर नगरपालिका–७, धनपती डाँडामा बा ५० प ४४०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा हरिपुर नगरपालिका–८, ईन्द्रपुर बस्ने ३५ वर्षीय दानबहादुर श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई अमृत हेल्थ केयर बयलवासमा प्राथमिक उपचार गरी लालबन्दी सिटी हेल्थ केयर लालबन्दी ल्याइएको थियो । सामान्य उपचार गरी थप उपचारका शुक्रबार मध्यान्ह अल्टिटिउड हेलिकप्टर मार्फत शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय