भारतमा पहिरो खस्दा १० जनाको मृत्यु , ६० जना बेपता

एजेन्सी-
सर्लाही , साउन २७ गते ।

भारतमा पहिरो खस्दा १० जनाको मृत्यु , ६० जना बेपता भएको छ। भारतको हिमाचल प्रदेशमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमा माथिबाट चट्टानी पहिरो खस्दा १० जनाको मृत्यु भएको छ।

अझै ६० जना पहिरोमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार दिउँसो हिमाचर प्रदेशको सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच गुडिरहेका ती गाडीमा अचानक पहिरो खसेको हो।

पहिरोमा फँसेकाहरुको उद्धार कार्य जारी रहेको छ ।

१० जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय