बलरामा दुई दिवसीय योग महोत्सव सुरु, सबै वडामा विस्तार गर्ने मेयरको प्रतिबद्धता

सर्लाही । बलरा नगरपालिकाको आयोजना र श्री सीताराम माध्यमिक विद्यालय, अचलगढको सहकार्यमा दुई दिवसीय योग महोत्सव सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन नगरप्रमुख रामाशंकर कुशवाहाले गरेका हुन्। कार्यक्रममा पतञ्जलि योग समिति सर्लाहीका प्रमुख एवं जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह प्रमुख अतिथि थिए। कार्यक्रममा समाजसेवी डा. कमलेश्वर प्रसाद सिंहसहित नगरका जनप्रतिनिधि र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

महोत्सवमा त्रिलोकेन्द्र रायसहितका प्रशिक्षकहरूले योग प्रशिक्षण दिइरहेका छन्।

शुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होशनारायण सिंहले अतिथिहरूलाई स्वागत गर्दै योगको महत्व र प्रभावबारे जानकारी गराएका थिए।

प्रमुख अतिथि सिंहले बलरा नगरपालिकाले यस्तो सकारात्मक कार्यक्रम आयोजना गरेकोमा प्रसंशा गर्दै नगरका प्रत्येक वडामा योग शिविर विस्तार गर्न आग्रह गरे। त्यसक्रममा नगरप्रमुख कुशवाहाले सबै वडामा योग शिविर विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सहभागीहरूलाई योग अभ्यासको महत्वबारे जानकारी दिइएको छ। दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न योग आसन, प्राणायाम र ध्यानको प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर